×

एमालेको कसैलाई राष्ट्रपति बनाए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ- गगन थापा 

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको तर्क गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने भन्दै वङग्य समेत गरेका छन् । 

‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने सम्माननीय कठपुतली राष्ट्रपति भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’ थापाका अनुसार बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिप्रति आँखा नलगाउन भनेको भन्दै  थापाले आँखा पनि लाउने, भोट पनि माग्ने र आफुले चाहेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउन कोसिस गर्ने बताए । 
 

बुधबार २५ माघ २०७९ ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया