×

९ बैंकका सीईओ तथा सञ्चालकलाई राष्ट्र बैंकले ग¥यो कारबाही

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । बैंकका सीईओहरुलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रूपैयाँका दरले जरिबाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुनः प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।
 

बुधबार २५ माघ २०७९ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया