×

सरकारले सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने

images

काठमाडौं । सरकारले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार सीमा विवादको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएका हुन् ।

प्रवक्ता कार्कीले चीनसँगको सीमा विवादबारे वास्तविक कुरा बाहिर ल्याउने बताएको छ । रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने पनि बताए ।

‘चीनसँगको सीमा विवादको सन्दर्भमा रिपोर्ट र वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ । चाहे भारतसँग होस् या चीनसँग होस्, कुनै सीमा समस्या छन् भने ती समस्यालाई हामी कूटनीतिक ढंगले समाधान गर्छौ र ती समस्या आउनु हुन्न र आउन नदिन सरकार सँधै प्रयत्नशिल रहन्छ’ मन्त्री कार्कीले भने ।

मङ्गलबार २५ माघ २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया