×

क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित

images

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए ।

आज  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।

एक समय क्यानडा १७४–४ को सहज अवस्थामा थियो । त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमाउँदा नेपालले सात रनको रोमाञ्चक जित निकालेको हो ।

। यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् ।

 

 

 

बिहीबार २५ माघ २०८० ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया