×

बलात्कारको आरोपमा पक्राउ

images

काठमाडौं । बलात्कारको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ ।  १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका– ७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका–७ ढेकारस्थित होटलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

बुधबार २५ माघ २०७९ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया