×

संसदको सम्भावित कार्यसूचीमा एमसिसी परेन

images

काठमाडौँ । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी अनुमोदनका लागि पेश गर्ने कार्यसूचीमा परेन।

संसद सचिवालयले भर्खरै सार्वजनिक गरेको कार्यसूचीमा एमसिसीको विषय उल्लेख नगरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो १ बजे बस्ने बैठकमा एमसिसी अनुमोदनका लागि टेबल गर्ने तयारी गरेका छन्।

बुधबारको कार्यसूचीमा प्रधानमन्त्री देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व सांसद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्रै उल्लेख छ।

प्रधानमन्त्री देउवा एमसिसी अनुमोदनका लागि संसदमा पेश गर्ने पक्षमा भए पनि सत्तामै रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र सभामुख त्यसको पक्षमा छैनन्।

सभामुख सापकोटाले बुधबार संसदको कारबाहीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

 
मङ्गलबार २५ माघ २०७८ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया