×

राप्रपा छोड्ने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राजेन्द्र लिङ्देनको आग्रह

images

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने निर्णय फिर्ता लिन पूर्वअध्यक्ष कमल थापालाई आग्रह गरेका छन् । 

आफूलाई महाधिवेशनमा हराउने निर्मल निवासमाथि छानविन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै थापाले मंगलबार दिउँसो गृहजिल्ला हेटौंडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । 'पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,' थापाले भनेका छन् । 

थापाको यो निर्णयलाई अनपेक्षित र आश्चर्यजनक भन्दै लिङ्देनले पुनर्विचार गर्न आग्रह गरेका हुन् ।  

'हामी उहाँसँग निरन्तर सम्वादमा थियौं । ट्रयाक वान, ट्रयाक टु सम्वाद भइराखेको अवस्थामा उहाँले अनायासै यस्तो निर्णय गर्दा दुखी भएका छौं । उहाँले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ,' अध्यक्ष लिङ्देनको भनाइ उद्धृत गर्दै प्रवक्ता मोहन श्रेष्ठले भने । 

मङ्गलबार २५ माघ २०७८ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया