×

जनयुद्धको फल चाहीँ कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाईरहेको छ - विप्लव

images

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको फल नेपाली कांग्रेसले उपरखुट्टी लगाएर खाईरहेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जनयुद्धको फल चाहीा नेपाली कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाईरहेको छ । कांग्रेस त जेलमा थियो त, माधव नेपाल, यी केपी ओलीहरु सबै दुलाभित्र पसेका थिएनन् ? हामी हो नि युद्ध गर्ने त, हामी लड्ने माओवादीहरु चाहीा अपराधी जस्तो, शहीदहरु अपराधीजस्तो, हामी लड्छौं त्यहाँ । कहिले हुन्छ भन्दै हुनुहुन्छ नि पत्रकार ? यसपछि हुन्छ ।’

विप्लवले आफ्नो दल माफीया र दलालहरुको विरुद्धमा जाने पनि खुलासा गरे । उनले दलले मन्त्रीहरु पठाउने र मिडियाले पनि को मन्त्री बन्ने भन्नेमात्रै चर्चा गरेको सुनाए ।

 

बुधबार २५ माघ २०७९ ०८:३८ PM मा प्रकाशित

प्रतिक्रिया