×

नेकपा एमाले गर्‍यो नेताहरुको जिम्मेवारी हेरफेर (पूर्णपाठसहित)

images

काठमाडौँ । नेकपा एमालेले १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ ।  पार्टीको गत वैशाख २८ देखि ३० सम्म चलेको पाँचौ केन्द्रीय समितिको बैठकको निर्णय र त्यसपछि बसेका सचिवालय र स्थायी कमिटी बैठकसमेतका निर्णयको आधारमा अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीमा अपानि जारी गरेका हुन् । 

उक्त अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ । 

नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले फरकफरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको बताएको छ। पार्टी सचिवहरुलाई मधेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ । 

बुधबार २४ जेठ २०८० ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया