×

ट्विटरको नयाँ सीईओ लिन्डा याकारिनो काे हुन् ?

images

काठमाडौं । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन्। लिन्डा आफैँले ट्विट गर्दै यसको जानकारी दिएकी हुन्। ‘यो भयो – पहिलो दिन १ सम्पर्कमा रहनुहोस्’ उनले लेखेकी छन्।

ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए। लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छन्।

उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २।० सिर्जना गर्न तथा मस्क र लाखौँ प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन्।’

काे हुन् लिन्डा याकरिनो ?

लिन्डा याकारिनो २०११ देखि एनबीसी युनिभर्सलमा कार्यरत छिन्। उनी कम्पनीको अध्यक्ष, ग्लोबल एड र पार्टनरशिपको रूपमा काम गर्छिन्। यसअघि लिन्डाले मनोरञ्जन तथा डिजिटल विज्ञापन विभागमा पनि काम गरिसकेकी छिन् । लिन्डाले टर्नरमा १९ वर्षसम्म काम गरिन् । त्यहाँ उनले कार्यकारी उपाध्यक्ष, सीईओ, विज्ञापन प्रमुख र अधिग्रहण प्रमुखको रूपमा काम गरेकी थिइन्।

लिन्डा एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्। फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा छानिसकेका छन्। उनको शिक्षाको बारेमा कुरा गर्दा, उनले पेन स्टेट युनिभर्सिटीबाट लिबरल आर्ट्समा डिग्री गरेकी छिन्।

लिन्डाले क्लाउड पिटर मड्राजोसँग विवाह गरिन्। दुवै इटालियन मूलका हुन् र न्यूयोर्कमा बस्छन्।

एजेन्सी

बुधबार २४ जेठ २०८० ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया