×

उद्योगी व्यवसायीको समस्या प्रति नेपाल सरकार गम्भीर; मन्त्री रमेश रिजाल

images


काठमाडौं  । आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नु परेको समस्या समाधानका लागि ऐन

कानुन परिमार्जन गर्नु पर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापुर्बक लाग्ने बताउनु भएको हो ।

कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाब दिन समेत उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्दी तर्फ जान नसक्ने समेत बताउनु भयो ।
 

आइतबार​ २४ बैशाख २०८० ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया