×
images

पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल (फोटोफिचर)

महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम अहिले जारी छ ।

महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

 

बिहीबार २४ फागुन २०८० ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया