×

प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

images


काठमाडौँ, २० मङ्सिरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गर्नुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना हुनुभएको हो ।  उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।
 

बुधबार २० मंसिर २०८० ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया