×

माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए ? 

images

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको जिम्मेवारी हेरफेर भएको छ । 

आज (आइतबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । 

जसअन्तर्गत उपमहासचि वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएको प्रधानमन्त्री निकट स्रोतले बतायो । 

देवेन्द्र पौडेलले मधेस प्रदेश, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएका छन् । 

केन्द्रीय समितिको बैठक बस्नु अगावै बालुवाटारमा बसेको पदाधिकारी बैठकमार्फत् अध्यक्ष प्रचण्डले उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । 

आइतबार​ २१ साउन २०८० ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया