×

भुटानी शरणार्थी बनाएर बेच्नेहरू प्रचण्डको हालत हेर त भन्थे !

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत हेर त! भनेको सम्झिनु भा’छ तपाईंहरुले भन्दै स्मरण गराएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा सम्झाएका हुन्।

‘त्यति बेला मोर्चा खोल्दा मानिसहरुलाई बढो अनौठौ लागेको थियो। म लगायत केही नेता साथीहरु माइतीघर मण्डलाको बिच बाटोमा पलेटी कसेर बसेका थियौं।

धेरै थिएनौं हामी। सय डेढसय पनि जुटाउन हामीलाई गाह्रो परेको थियो,’ उनले भने, ‘त्यतिबेलामा सरकारमा हुनेहरुले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मध्येकाहरुले बढो व्यङ्ग कसेर हरे प्रचण्डको हालत हेर त ! त्यो चिसो बाटोमा बिहान बिहान बस्याछ।

प्रचण्डको हालत त यस्तोमा पुग्यो भन्थे तिनीहरुले। सम्झिनु भा’छ तपाईंहरुले?’

प्रधानमन्त्री प्रचण्डले देशमा संस्थागत भ्रष्टाचार भइरहेको र त्यसलाई समाप्त पार्न आफू लागि परेको जिकिर गरे । त्यसमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग सिंहदरबारमा भेटेर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले देशमा संस्थागत भ्रष्टाचार भइरहेको र त्यसलाई समाप्त पार्न आफू लागि परेको जिकिर गरे । त्यसमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई थियो ।


गलत नीति र गलत संस्कार तथा संस्थागत भ्रष्टाचारका कारण देशको आर्थिक अवस्था त्यति राम्रो नरहेको बताउँदै उनले त्यसलाई सुधार गर्नका लागि प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिक्रान्ति, भ्रष्टाचार, प्रतिगमन विरुद्ध विशाल सडक आन्दोलन गर्ने चेतावनी पनि दिए । 

 

शनिबार २३ बैशाख २०८० ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया