×

मोरङका तीनवटा परीक्षा केन्द्रबाट एसईईका दुई सय एक जना नक्कली परीक्षार्थी पक्राउ

images

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटको श्री सरस्वति नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रपछि थप दुई विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले  बिहीबार एक सय ९९  जनालाई पक्राउ गरिएको बताए । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।

प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो । सरस्वतीमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो। केराबारी गाउँपालिकामा रहेको  सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको  जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।

सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो  परीक्षा केन्द्रमा २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा  परीक्षार्थी पक्राउ परेका  हुन्।

५३ जना विद्यार्थी पक्राउ परेको  ग्रामथान गाँउपालिकास्थित सरस्वती माविमा  २ सय ९२ जना विद्यार्थीले परिक्षा दिदै छन् । सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा ३ सय ११ जनाले परीक्षा दिदै आएका छन् । ती मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको प्रहरीले बताएको छ ।

मोरङको तीन वटा परीक्षा केन्द्रबाट एकैदिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले  पुष्टि गरे। आज भइरहेको सामाजिक विषयको परीक्षा दिने क्रममा उनीहरू पक्राउ परेका हुन्। 

बिहीबार २३ चैत २०७९ ०१:३९ PM मा प्रकाशित

प्रतिक्रिया