×

ल्हुती (बालाजू)को बाईसधारा स्थान मेला 

images


काठमाडौं । काठमाडौंस्थित ल्हुती (बालाजू) स्थित बाईसधारामा आज(बिहीवार) स्नान मेला लागेको छ । धारामा बिहानैदेखि स्नान गर्नेहरुको भीड लागेको छ । 

बाइसधारमा नुहाएपछि मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । सोही कारण बाइसधारामा स्नान गर्नेहरुको भिड विहानैबाट लाग्ने लगेको छ । 

धारामा स्नान गरेमा लुतो, खटिरा जस्ता छालाजन्य रोग हराउने विश्वास रहेको हुनाले पनि मेलामा बालबालिका देखि वृद्धवृद्धासम्मको उपस्थिति रहेको छ ।  मेलामा विशेष

गरी हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आउने गरेका छन् । बाईसधारा मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका

थिए । बि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्याएपछि उक्त स्थान बाइसधाराका नामले चिनिन थालेको हो । 

बिहीबार २३ चैत २०७९ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया