×

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन

images

काठमाडौं । राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।

धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा वढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले बताए । ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको हो’ –महानिर्देशक पाण्डेले भने।

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको किताबखानको भनाइ छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अवधिक गर्न सकिने कितावखानाले जनाएको छ । हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन् ।

यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ । संघीय निजामती सेवा एन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न लाग्नुलाई महत्वपृर्ण कामका रुपमा हेरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

बिहीबार २३ चैत २०७९ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया