×

लुम्बिनीमा पनि एमाले ,माओवादी केन्द्र लगायत दलको सरकार बनाउन गृहकार्य सुरु

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट बनेका दुइ जना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएको हो ।
वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रलगायत ८ राजनीतिक दलको समर्थनमा सरकार बनेको थियो । केन्द्रीय राजनितीमा आएको फेरबदलका कारण लुम्बिनीमा पनि एमाले(माओवदीलगायत दलको सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

बुधबार २३ फागुन २०८० ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया