×

इटालियन सिरी ‘ए’ मा रोमाले कालियरी एफसीविरुद्ध ४–० को सहज जित

images

 

काठमाडौं । इटालियन सिरी ‘ए’ मा रोमाले कालियरी एफसीविरुद्ध ४–० को सहज जित निकालेको छ । सोमबार राति स्टाडियो ओलम्पिकोमा सम्पन्न खेलमा रोमालाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गरे । यस्तै, लोरेन्जो पेलेग्रिनी र डिन हुइसेनले समान एक गोल थपे । 

खेलको दोस्रो मिनेटमा नै पेलेग्रिनीको गोलमा रोमाले अग्रता बनाएको थियो । २३औँ मिनेटमा डिबालाको गोलमा रोमाले अग्रता दोब्बर बनायो । ५१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई डिबालाले नै सदुपयोग गरेपछि रोमाले अग्रतालाई ३–० मा पुर्याएको थियो । त्यसको आठ मिनेटपछि नै हुइसेनले गोल गर्दै रोमालाई ४–० को सहज अवस्थामा पुर्याए । 

जितसँगै २३ खेलबाट ३८ अंक जोडेको रोमा तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको कालियरी तालिकाको १८औँ स्थानमा छ । 

मङ्गलबार २३ माघ २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया