×

मंगलबारका लागि मुद्राको विनिमय दर

images


काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

मङ्गलबार २३ माघ २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया