×

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

images

काठमाडौं - सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् । बैठकमा लाेसपालाई बाेलाइएकाे छैन । जनमाेर्चाबाट भने दुर्गा पाैडल सहभागी छिन् ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।  लोसपासहित गठबन्धन गरेर मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरू होमिएका थिए। प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए।

सोमबार १९ मंसिर २०७९ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया