×

दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

images

काठमाडौं ।  दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन्।

काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका छन् भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका छन्। काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जितेका छन्। उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए।

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।

सोमबार १९ मंसिर २०७९ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया