×

 विश्वकप फुटवल-२०२६ : उद्घाटन मेक्सिको र फाइनल खेल अमेरिकामा हुने

images


काठमाडौं ।  विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ। फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो। फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ। जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ। तर, यसमा उद्घाटनका कुनै कार्यक्रम भने हुन्न। सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन्। जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन्।

विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ। मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ। अमेरिकाले सन् १९९४ मा पहिलाे पटक विश्वकप फुटबलकाे आयोजना गरेको थियो भने सन २०२६ मा दाेस्राे पटक गर्न लागेकाे हाे ।

सोमबार २२ माघ २०८० ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया