×

कांग्रेसमा कोइराला समूहको बैठक बस्दै, आगामी रणनीतिबारे छलफल हुने

images

काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउन नेता कोइरालाले आफ्नो समूहको बैठक बोलाएका हुन् । 

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठक बिहीबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्दैछ । बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि तय भइसकको छ ।

यसअघि पुस २२ गतेका लागि बैठक तय भए पनि बुधबार बैठकको मिति परिवर्तन गरिएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ ।

बिहीबार २१ पुस २०७९ १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया