×

कांग्रेसद्वारा अन्तरघात गर्नेहरुको सूची माग

images

 काठमाडौं । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेसको  अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ ।

जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।  

आइतबार​ १८ मंसिर २०७९ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया