×

प्रधानमन्त्री दाहाल जाजरकोटमा

images

जाजरकोट, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुग्नुभएको छ । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आउनुभएको हो । 

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गर्नुभएको छ । उहाँका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ आइपुग्नुभएको छ । 

शनिबार १८ कात्तिक २०८० १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया