×
images

३३ प्रतिशत पुर्‍याउन माओवादी केन्द्रले थप्यो २४ जना महिला केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । पार्टी केन्द्रीय समितिमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउन सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले २४ जना केन्द्रीय सदस्य थप गरेको छ। 

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा २४ जना महिला थपिएको हो । 

थपिएका केन्द्रीय  सदस्यहरु शुक्रबारदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

पार्टी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला  पुर्‍याउनुपर्ने भएकाले केही केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए । 

२४ जना केन्द्रीय सदस्य थप भएपछि माओवादी  केन्द्रीय समिति ४०९ सदस्यीय भएको छ । यसअघि  माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना थिए । 

यी हुन् थपिएका महिला सदस्य 

१) आङदावा शेर्पा
२) इन्दिरा अधिकारी 
३) उमा कपाली
४) उर्मिला वि.क.
५) गंगा खड्का
६) गिता कुमारी कंडेल चौलागाई 
७)  गिता शाही
८) छम कुमारी खनाल
९) निशा न्यौपाने
१०) पार्वती थापा
११) दिलमाया बुढा मगर 
१२) निरमाया श्रीस
१३) लाल कुमारी पुन
१४) लिला शर्मा
१५) सपना परियार
१६) सीता दाहाल
१७) सुशिला घिमिरे
१८) सुशिला पौडेल
१९) सूर्य कुमारी विक 
२०) शरु चौधरी
२१) भगवती तिवारी 
२२) मोतिकला चलाउने

शुक्रबार​ १९ साउन २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया