×
images

क्विन्टल सुन प्रकरण : कृष्णबहादुर महरामाथि छानबिन गर्न प्रचण्डमाथि दबाब 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरामाथि छानबिन गर्नुपर्ने दबाब बढेको छ । 

तीन दिनदेखि लगातार प्रज्ञा प्रतिष्ठान काठमाडौंमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा क्विन्टल सुन तस्कर प्रकरणमा महराको नाम मुछिएकोले उनीमाथि छानबिन गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढेको हो । 

बैठकमा केन्द्रीय सदस्य एवं सांसद लेखनाथ दाहालले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि लागेको आरोप सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । 

उनले पार्टीको केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा धारणा राख्दै दाहालले यस सम्बन्धमा छानबिन नहुँदासम्म प्रश्न उठिरहने बताएका हन् ।
 
 

शुक्रबार​ १९ साउन २०८० ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया