×

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।

दुई नेताबीच सिंहदरबार भेटमा समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भइरहेको जनाइएको छ ।

तत्कालीन सात दलीय गठबन्धन सरकारबाट एमाले फागुन १५ गते बाहिरएपछि पहिलो पटक ओली र प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको हो। आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् । 

बिहीबार २१ बैशाख २०८० ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया