×

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’को उपाधि 

images


काठमाडौं– हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । 
आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पुरस्कार तथा विभिन्न उपहारहरु प्राप्त गरिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् । 

प्रतियोगितामा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाईस अवार्डका साथै मोस्ट पपुलर च्वाईस अवार्ड समेत जित्न सफल भइन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् ।  मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल भएका थिए । 

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए । 
सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागिहरु क्याजुल वेयरमा आएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसक्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए । 
 

बिहीबार २२ चैत २०८० ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया