×

मदिरा पिएर होहल्ला गरेको भन्दै गायक राजेश पायल राई पक्राउ

images

काठमाडौं । गायक राजेशपायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। मदिरा सेवन गरेको आरोपमा राई पक्राउ परेका हुन्। मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ। 

बिहीबार २२ चैत २०८० १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया