×

नेपाल लगानी बोर्ड को ५७ औं बैठकले झण्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत

images

काठमाडौं । नेपाल लगानी बोर्ड (आइबीएन) को ५७ औं बैठकले विभिन्न ४ आयोजनामा झण्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले तीनवटा जलविद्युत र एउटा शौर्य ऊर्जा उत्पादन परियोजनामा ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।

लगानी स्वीकृत भएका आयोजनाहरू सुपर तमोर (१६६ मेगावाट), लोअर मनाङ मर्स्याङ्दी (१३९ मेगावाट), अप्पर मोदी ए (४२ मेगावाट) र सोलार राइजेन इनर्जी आयोजना (२५० मेगावाट) हुन्‌। बोर्ड बैठकले सुपर तमोर बनाउन ३४ अर्ब ५९ करोड, लोअर मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड, अप्पर मोदी ए मा १० अर्ब ८ करोड र सोलार राइजेन इनर्जी आयोजना जडान गर्न २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।

बिहीबार २२ चैत २०८० ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया