×

सुन तोलामा ६ सय रुपैयाँ सस्तियो

images


काठमाडौं ।  सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार​ २१ माघ २०८० ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया