×

नेपाली कांग्रेसको पत्रकार सम्मेलन आज, समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने

images

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका छन्।

 पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो । साथै कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम रहेको छ। 

बुधबार २० पुस २०७९ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया