×

बालेनद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

images

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते आयोगमा खर्च विवरण पेस गरे पनि आयोगले आफूलाई जरिवाना तिराउने निर्णय गरेको भन्दै बालेनले मुद्दा दायर गरेका हुन् । उनले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट पेस गरेको दाबी गरेका छन् ।

बालेनले दायर गरेको रिटमा समयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एक मुष्ट जरिवाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

बुधबार २० पुस २०७९ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया