×

महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्ती सम्पन्न

images


काठमाडौँ, १६ असोज ः नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना ग¥यो 

    प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त गोष्ठी शुभारम्भ गर्दै इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्यउनुभयो ।

    उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले महाकवि सिद्विदास सबैका लागि प्रेरणाको स्रोत हुनाका साथै सुन्दर काव्यशिल्पीका रूपमा मानक बनिसकेको बताउनुभयो ।

    प्रतिष्ठानका सदस्य–सचिव  डा धनप्रसाद सुवेदीले महाकवि सिद्विदासले साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

    आयोजक  विभागका  प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले महाकवि सिद्धिदासले नेपाल भाषाको जागरण, सामाजिक, धार्मिक र सांस्कृतिक चेतनालाई आत्मसात् गर्दै  साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।

    गोष्ठीमा ‘नेपाल भाषाको गीतमा प्रतिरोधी चेतना’ बारे कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार वदन शर्माले नेपाल भाषाका गीतको पृष्ठभूमि, उद्देश्य, सीमा, प्रतिरोधी गीतको विश्लेषण र निष्कर्षबारे चर्चा गरेका गर्नुभयो । सो कार्यपत्रमाथि डा चुन्दा बज्राचार्यले टिप्पणी भर्नुभएको थियो ।

 यसैगरी  ‘नेपालभाषाको आधुनिक कवितामा विद्रोही चेत’ बारे कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार रामेश्वर श्रेष्ठले भाषाको सीमाङ्कन, अनुसन्धान पद्धति, नेपाल भाषा साहित्यमा प्रगतिवादी चिन्तन, नेपालका कवितामा विविध विद्रोही चेतका स्वर, निरङ्कुश शासकविरुद्ध विद्रोह,  समाजमा भएका वर्गभेद तथा जातिभेद विरुद्ध विद्रोहबारे चर्चा गर्नुभयो । उक्त कार्यपत्रमा साहित्यकारहरू जुजुकाजी रञ्जिताकार, धर्मराज कर्णिकार, वज्ररङ्ग बज्राचार्य, इन्दुल केसी र वैरागी कान्छोले टिप्पणी गर्नुभयो  ।

मङ्गलबार १६ असोज २०८० ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया