×

बृहत बुद्ध जयन्ती युएईमा हुँदै

images

फलेन्द्र बलम्पाकी मगर 
संवाददाता  
युएई-  तामाङ समाज युएई को संयोजनमा नेफिन, युएईमा आबद्ध ११ वटै जातीय  संघ संस्थाहरूको सहकार्यमा वैशाख शुक्ल पुर्णिामा को दिन एसियाको तारा शान्तिका अग्र दुत भगवान गौतम बुद्ध को २५६७ औं जन्म जयन्तीको महान  अवसरमा दुबई को एभरेस्ट क्लब वर दुबईमा २५६७ औं बृहत बुद्ध जयन्ती कार्यक्रम हुन लागिएको जानकारी नेफिन युएईका अध्यक्ष बिजया लक्ष्मी राईले जानकारी दिएकी छन ।

भगवान गौतम बुद्ध ले वैशाख शुक्ल पुर्णिामा कै  पवित्र दिनमा जन्म लिएको, यसै दिन ज्ञान प्राप्त गरेको र मृत्यु वरण समेत वैशाख शुक्ल पुर्णिामा कै दिन गरेको  हुँदा  यस पवित्र दिनमा विश्वभरि रहेका चैत्य , गुम्बा , विहार लगायत बुद्ध जन्मस्थल नेपालको पश्चिम लुम्बिनी मा लाखौं श्रद्दालु भक्तजन र बुद्ध का अनुयायी हरु ले विशेष पूजा पाठ गरेर मनाउने गरिन्छ ।  

यसै दिन भगवान गौतम बुद्ध को विशेष पूजा अर्चना र प्रवचन श्रवण समेत गर्ने गरिन्छ । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको र  बुद्ध दर्शन सम्बन्धि धार्मिक प्रवचन र विशेष पूजापाठ का लागि नेपाल बाट बौद्ध धार्मिक गुरु खेम्पो कर्म रिन्जिन शेर्पा आउने भएको छ ।

युएईमा रहेर विभिन्न पेशा र व्यवसाय गरेर बस्नु भएका सम्पुर्ण नेपाली हरु लाई धार्मिक प्रवचन श्रवण र विशेष पूजापाठ मा सहभागी हुन का लागि कार्यक्रम संयोजन गरिरहनु भएका तामाङ समाज युएईका अध्यक्ष सनिल घिसिङ ले आव्हान समेत गर्नुभएको छ ।

धार्मिक प्रवचन र विशेष पूजापाठ सकिएपछि उपस्थित दर्शक तथा श्रोता हरु लाई सांगीतिक मनोरञ्जनका लागि युएईमा रहेका कलाकारहरूले विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमको प्रस्तुति हुने समेत जानकारी गराए ।

विश्वका विभिन्न मुलुकहरू ले बौद्ध धर्म अवलम्बन गरिरहदा पनि हाम्रो नेपाल कै धर्ती मा जन्मिएर विश्व लाई ज्ञान बाड्दै हिड्ने शान्तिका अग्र दुत गौतम बुद्ध लाई  सयौं वर्षौंसम्म आफ्नै देशले वहाँ को कृति र बौद्ध धर्म लाई सम्बर्द्धन र प्रवर्द्धन गर्न नसक्नु नगर्नु दु:खद कुरा हो ।

बुधबार २० बैशाख २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया