×

पहिलो पटकमै २०औं सीट जितेर साथीहरू संसदमा आइपुग्नुभयो ,उहाँको पनि देखियो - गगन थापा

images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आगामी पाँच वर्ष ढुक्कसाथ देश चलाउने जिम्मा आफुहरुलाई दिन तनहुँबासीसँग आग्रह गरेका छन् ।

आज तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा बोल्दै उनले माओवादी, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताए उनले गत ५ वर्ष एमालेले देश बिगारेको आरोप लगाउदै अब त्यो छुट आफुहरुलाई नभएको बताए ।

‘तनहुँले यो पटक दुबै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जितायो तर विशेष परिस्थितिका कारण उपनिर्वाचन भएको हुँदा उपनिर्वाचनमापनि कांग्रेस उम्मेदवारलाई तनहुँका जनताले विश्रास गर्नेछन संसदमा शंकर भण्डारी र गोविन्द भट्टराईलाई एकसाथ देख्नुहुनेछ भन्ने पुरा विश्रास छ’ थापाले भने ।
कार्यक्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै पुराना पार्टीहरु खराब भए ‘नो नट अगेन’ भन्नेहरूको पनि देखिएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौंलगायत ठाउँठाउँमा सुन्यौं । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौं सबै कुरा नयाँ ढंगबाट गर्छौं । हामीले सुन्यौं । जनताले पत्याउनु पनि भयो ।पहिलो पटकमै २०औं सीट जितेर साथीहरू संसदमा आइपुग्नुभयो । उहाँको पनि देखियो ।’

नेकपा एमालेलाई लक्षित गर्दै उनले भने, ‘पुस १० गते एमालेले माओवादी, रास्वपा, राप्रपासँग मिलेर गठबन्धन बनाउँदा ठीक । २०७४ सालमा एमाले र माओवादी मिलेर नयाँ पार्टी नै बनाउँदा ठीक। पाँच वर्ष निर्वाचित भएर आएपछि तीनै वर्षमा संसद विघटन गर्दा ठीक तर, अहिले गठबन्धनले देश बिगारे भन्दै आउँछन् ।’ उनिहरुले गरेको सबै ठिक अनि कांग्रेसले गरेको सबै बेठीक यो कस्तो तरीका हो ।

सोमबार २० चैत २०७९ १०:१० PM मा प्रकाशित

प्रतिक्रिया