×

पार्टीको निर्णय सबैले मान्नुपर्छ : महामन्त्री थापा

images

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ ।” 

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन रु छ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला रु तीन करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो । रङ्गशालाको प्याराफिटमा एक हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।  

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताउनुभयो । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रावतीले विकासको फड्को मारेको दाबी गर्नुभयो ।

आइतबार​ २० चैत २०७८ ०९:२४ AM मा प्रकाशित

प्रतिक्रिया