×

नेपाल स्रस्ता समाजको सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत स्रस्ताहरुसँग विद्यार्थी अन्तरसम्वाद सम्पन्न

images

काठमाडौँ । नेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा – विद्यार्थी अन्तरसंवाद कार्यक्रम अरुणिमा मावि, बौद्धमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल स्रष्टा समाजकोे १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको छैटौँ दिनको कार्यक्रम हो ।
अन्तरसंवादमा सो विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा सोही कक्षाका पाठ्यक्रमका रचनाकार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ गीतकार दिनेश अधिकारी र नियात्राकार राजेन्द्रमान डंगोल सहभागी हुनुहुन्थ्योे । 
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि नियमित हुनुपर्ने बताउनुभयो । पुस्तकमा पढिरहेका रचनाका स्रष्टाहरुलाई प्रत्यक्ष रुपमा भेट्न पाउँदा विद्यार्थीहरुले नौलो अनुभव गर्नपाएकोमा खुशी व्यक्त गरकेका थिए । उक्त अन्तरसंवाद कार्यक्रममा बीसजना विद्यार्थीले स्रष्टासँग सिर्जना र साहित्यका विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासालाई पाठ्यक्रमका स्रष्टाबाहेक पवन आलोक, कल्पना खरेल,चेतनाथ कणेल हरित, देविका तिमिल्सिना, तारा सुवेदी र डा. शान्तिमाया गिरीले गर्नुभएको थियो ।

अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा, कार्यक्रमका संयोजक डा.सदानन्द कँडेल, अरुणिमा उच्च माविका प्रमुख केशबप्रसाद जोशी, विद्यालयका प्रिन्सिपल इश्वरीप्रसाद लामिछानेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
 

बुधबार १८ पुस २०८० ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया