×

कथाकार गोपाल अश्कको ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ सार्वजनिक

images

काठमाडौं । कथाकारहरू गोपाल अश्कको ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ कथाकृति एक समारोहकाबीच सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा लघुकथा समाज, नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठलगायतले दुवै कथाकृति लोकार्पण गरे । प्रा.डा. श्रेष्ठले आख्यानात्मक शैलीमा मन्तव्य दिँदै कथाकार अश्कका कथाहरूमा तराईको सुगन्ध र लोकजीवन भेटिने उल्लेख गरे ।

समीक्षक प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘मृत्युको छहारी’को चर्चा गर्दै कृतिमा आञ्चलिक स्वाद भेटिने बताए ।
‘कालो गुलाफ’माथि चर्चा गर्दै समीक्षक ज्ञानु अधिकारीले भोजपुरी समूदायको सांस्कृतिक एवं सामाजिक विषयवस्तु कृतिभित्रका कथाहरूमा भेटिने बताइन् ।

सो अवसरमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, कथाकार अश्क र गौतम, हरि गौतम, तुलसीहरि कोइराला र सुमन सौरभले बोलेका थिए ।
कथाकार गोपाल अश्क हाल लघुकथा समाज, नेपालका अध्यक्ष्य पनि  हुनुहुन्छ। 

बुधबार १८ पुस २०८० १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया