×

नेपाल स्रष्टा समाजको संयोजनमा भाषिक एकता गोष्ठी सम्पन्न

images


काठमाडौँ, नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल स्रष्टा समाजकोे १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको पाँचौ दिनको कार्यक्रम हो । 
पुस १७ गते मङ्गलबार काउन्सिलको सभाकक्षमा सम्पन्न गोष्ठीमा उपत्यकाबाट प्रकाशित हुने साहित्यिक पत्रिका र अनलाइनका साहित्यिक पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त गोष्ठीका मूलवत्ता भाषाविद् शरतचन्द्र वस्तीले भाषाको नयाँ आयाम प्रकट गर्ने मूलआधार साहित्य भएको बताउनुभयो । उहाँले साहित्य सिर्जनामा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताउनुभयो । 
गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशका लागि सरकारले नै मानक भाषाका लागि समिति बनाउनुपर्ने कुरामा जोड दिनुभयो । प्राडा गोविन्दराज भट्टराईले सीमापारिका नेपाली भाषी साहित्यकारहरु झन् अन्योलमा भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साहित्यिक पत्रकारितामा भाषिक एकता हुनु समग्र नेपाली साहित्यको विकासको लागि जरुरी भएको बताउनुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अहिलेको साहित्यिक पत्रकारितामा सम्पादकअनुसारको सम्पादन हुने गरेकोले भाषामा एकता ल्याउनका लागि आजको गोष्ठीले बहसको प्रारम्भ गर्ने विश्वास व्यक्त गर्नूुभयो ।
उक्त गोष्ठीमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे, प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुसाल, भीम खरेल र चेतनाथ धमलाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

बुधबार १८ पुस २०८० १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया