×
images

एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता हुने

काठमाडौं । एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएको छ । 

महिलातर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने जानकारी गराइएको छ । 

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको विजयी टिमले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एशिया रग्वीसँग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्नेछन् । 

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङ्कन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

यसैक्रममा नेपाल रग्वी संघ र गोक्योबीच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटल संग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजीकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

बुधबार १७ साउन २०८० ०६:४७ PM मा प्रकाशित

प्रतिक्रिया