×

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले उद्धव थापालाई अगाडि बढाउने

images

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।

यस्तै, कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आज ५ दिनको समयसीमा दिएका छन्।

कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन् ।

 

आइतबार​ १७ असार २०८० ०९:३६ PM मा प्रकाशित

प्रतिक्रिया