×

सम्झेर होलीमा 

images

सम्झेर होलीमा 
यसपल्ट को होलीमा भेटिन तिमीलाई 
रंग ले खोज्दै छ 
उडेर गयोउ जहाज चडी,
यो मन रुदैछ 
साथि र संगी यहाँ सम्झी रुन्छन 
बिदेस मा तिमि छौ भनेर 
मादल बजाई, बाँसुरी घन्काई 
नाच्दथ्यो  आँगनमा 
यसपल्टको…… 
गुराँस फुल्यो , जाई जुही नाच्यो 
बसन्त आँगनमा 
जुरेली चरी गौथली उडी 
आइपुग्यो घरमा 
मयल हेर पाखा  नै उज्यालो 
खै साथि भनेर 
यस पल्ट होलीमा। ......... 
देउराली छेउ चौतारी छ है 
साथि लाई  पर्खेर
होलीको दिन बजेको मादल 
बज्दैन यसपल्ट 
मुन्ग्लान मा तिमि सेतीको दोभान 
उर्लेर छमछमी 
आउछौ कि भनि हेर्दछ छालमा 
नौरंगी छितिज मा 
यसपल्ट होलीमा ………
-- केशब श्रेष्ठ 

मङ्गलबार २० चैत २०८० ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया