×

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

images

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य...

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् ।

images

प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

नयाँदिल्ली-  भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भ...

भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।


नेपाल-भारतबीच छलफलको सूची
• जीटुजी विधिबाट रासायनिक मल खरिद 
• रासायनिक मल कारखाना स्थापना 
• कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन 
• कृषिमा प्राविधिक सहायता 
• नश्ल सुधार गर्न मुर्रा राँगा आयात 
• एकीकृत जाँचचौकी स्थापना 
• खोरेत खोप उत्पादन

शनिबार १९ चैत २०७८ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया