×

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान

images

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई  ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ । 

शुक्रबार​ १९ माघ २०८० ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया