×

कांग्रेस गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ- केपी ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् । तर, सत्तापक्षकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरे ।

images

ओली भन्छन- लामिछानेलाई गृह मन्त्रालय दिन पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्...

आज विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको विषयमा सोधेका थिए । अध्यक्ष ओलीले संविधान संशोधन हुनै नसक्ने कुरा नभए पनि अहिले नै संविधान संशोधनको चर्चा गर्ने बेला नभएको बताए । ‘तर अहिले संविधान संशोधनको चर्चा गर्ने बेला होइन, भरखर चुनाव भएको छ र नयाँ सरकार बनेको छ’, ओलीले भने ‘लोकतन्त्रविरुद्ध अझै पनि भद्दा षडयन्त्र भइरहेको छ ।’ 

कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको भन्दै उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दिन्छु भन्नुलाई अनौठो रुपमा लिन नपर्ने बताए । ओलीले माओवादीले भनेको राष्ट्रिय सहमति यही समिकरणमा कांग्रेसले समर्थन गर्नलाई भनिएको बताए । राष्ट्रपतिका सवालमा कांग्रेससँग प्रधानमन्त्री लचक बन्नुभएको हो  ? भन्ने प्रश्नमा ओलीले भने, ‘कांग्रेस नेताहरुले त्यसो भनेको सुन्छु तर मलाई त्यस्तो लाग्दैन ।’ प्रधानमन्त्री प्रचण्डले भनेजस्तो राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले घुमाउरो जवाफ दिए ।

‘अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले पनि सहमति गर्‍यो भने राष्ट्रिय सहमति हुन्छ ।’ ओलीलाई गृहमन्त्री पाएमा सरकारमा जाने भनी हालै कांग्रेस नेता शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिबारे सोधियो । ओलीले जवाफ दिए, ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’ 

उनले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । ‘सत्तागठबन्धनमा कुनै खटपट छैन’, ओलीले भने, ‘मध्यवधि निर्वाचन अव पूरै पाँचवर्षपछि हुन्छ ।’ उनले पुर्व सहमति अनुसार रास्वपाले उपप्रधान र गृहमन्त्रीमा दावी गर्नु स्वभाविक भएको प्रतिकृया दिए । 

‘पहिलाको सहमति तपाईहरुलाई थाहा नै छ । रास्वपाले उपप्रधानमन्त्रीसहित कुन कुन मन्त्रालयल लिएको हो त्यो पनि थाहा छ । सोही अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा हो’,ओलीको भनाइ छ । उनले कसलाई गृहमन्त्री बनाउने भन्ने कुरा रास्वपाले नै जान्ने कुरा भएको पनि बताए । 

बिहीबार १९ माघ २०७९ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया