×

पत्रकार तथा लेखक जयदेव गौतमको निबन्धकृति ‘ती निला आँखा सार्वजनिक

images

‘काठमाडौं । पत्रकार तथा लेखक जयदेव गौतमको निबन्धकृति ‘ती निला आँखा’ एक समारोहका बीच लोकार्पण भएको छ । 

आज नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृति सार्वजनिक गरे । 
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले, गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध कृति ल्याएको प्रसंग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने बताए ।

 समीक्षक डा. रजनी ढकालले कृतिभित्रका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन् । साहित्यकार भीष्म उप्रेतीले निबन्धले विचारको सिर्जना गर्न सक्नु पर्ने भन्दै यतातिर निबन्धकारहरूको ध्यान जानुपर्नेमा जोड दिए । निबन्धकार तथा नेपाल स्रष्टा समाज अध्यक्ष्य श्रीओम रोदनले निबन्धकार गौतमको चर्चा गर्दै उनका  निबन्धकारिताको प्रसंशा गरे ।  साझा प्रकाशनद्वारा प्रकाशित यस संग्रहभित्र २१ निबन्ध समेटिएको छ ।

शुक्रबार​ १९ माघ २०८० ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया